यती एयरलाइन्सको पर्वतीय उडान ९माउन्टेन फ्लाइट० यही असोज १० गतेदेखि पुनः सुचारु हुने भएको छ।
मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एअरलाइन्सले बताएको छ ।
हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाइबराबरको, ८८४८ भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने भएको छ। आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको छ ।
पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ।