• बुधबार, असोज ७ २०८३

आगामी आइतबार नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने


बुधबार, असोज ६ २०७८
1.6K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

नेपाल र ओमानबीचको खेल आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

कतारमा दुई साता लामो अभ्यासपछि नेपाली टोली असोज ११ गते साफ च्याम्पियनसिप आयोजनास्थत माल्दिभ्स पुग्नेछ। असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदै छ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। साफ च्याम्पियनसिपमा नेपाल, भारत, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार