• बुधबार, असोज ७ २०८३

गोरखाको बिरेन्चोकमा मिनिबस दुर्घटना, ४ जना घाइते


बुधबार, असोज ६ २०७८
1.1K
Shares


गोरखा । गोरखाको बिरेन्चोकमा आज बिहान मिनिबस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जादै गरेको ना ३ ख ८०९० नम्बरको मिनिबस बिहान ८ बजे गोरखा नगरपालिका वडा नं ११ विरेन्चोक नजिकै दुर्घटना भएको हो ।

बाटो काट्न लागेकी एक जना महिलालाई जोगाउन क्रममा बस अनियन्त्रित भएर सडक छेवैमा रहेको बिद्युत पोलमा ठोक्किन पुगेको ट्राफिक प्रहरी टिका शर्माले बताए । दुर्घटनामा अगाडि सिटमा बस्ने ४ जना सामान्य घाइते भएका छन् । ती सबैे सामान्य उपचार पश्चात घर फर्किसकेको शर्माले बताए ।

घाइते हुनेमा सिरानचोक गाउँपालिका वडा नं ८ का २४ वर्षिय दिलिप ढकाल, गोरखा नगरपालिका वडा नं ९ लक्ष्मिबजार बस्ने वर्ष २३ कि बसुन्धारा सिर्मल, अजिरकोट गाउँपालिका वडा नं ९ भच्चेककी ४० वर्षीया तारादेवि गुरुङ र भिमसेनथापा गाउँपालिका वडा नं. ३ बस्ने ३५ वर्षकी निर्मला बन्जरा रहेको प्रहरीले जनाउको छ । बससहित चालकलाई प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार