• बुधबार, असोज ७ २०८३

खुल्यो साहस ऊर्जाको ७० लाख कित्ता आइपिओ


बुधबार, असोज ६ २०७८
555
Shares


साहस ऊर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला गरेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो।

यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

हालका दिनमा आइपिओ पाउनेको संख्या ज्यादै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। हाल आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ।

सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार