काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।
अष्ट्रेलियाको भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको बताइएको छ । भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।