• बिहिबार, असोज ८ २०८३

गाउँपालिकाको समन्वयमा काशिगाउँका बिपन्न परिवारलाई राहत सामग्री बितरण


बुधबार, असोज ६ २०७८
600
Shares


गोरखा । गोरखाको धार्चे गाउँपालिका— ६ काशिगाउँका बिपन्न परिवारलाई राहत सामग्री बितरण गरिएको छ ।

मंगलवार एक कार्यक्रमका बिच ५० परिवारलाई ग्याँस चुल्हो, १४ परिवारलाई सोलार, २७ जनालाई गाईभैँसीको गोठ निर्माणका लागि जस्तापाता, चार जनालाई सिलाईकटाई मेसिन, दुई जनालाई मासु ब्यवशायका लागि डिफ्रिज, एक जनालाई कफि र एक जनालाई इन्टरलक मेसिन प्रदान गरिएको हो ।

गाउँपालिकाको समन्वयमा वडा कार्यालयको बार्षिक कार्यक्रम अन्र्तगत १२ लाख रुपैयाँ खर्चमा राहत सामग्री बितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।

अध्यक्ष घलेका अनुसार चाडबाड अगाडी राहत प्याकेज अन्र्तगत आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यी सामग्री बितरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार