नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक राजकुमार क्षेत्री बनेका छन्।
महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो।
३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए।
क्षेत्रीको सेवा अवधि ३ महिना र मात्रै बाँकी छ। त्यसपछि उनले अनिवार्य अवकास पाउने छन्।