• बिहिबार, असोज ८ २०८३

पहिरोले घर पुरिँदा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु


बुधबार, असोज ६ २०७८
860
Shares

गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुनासहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइली छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताए ।

मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भएको छिमेकीहरूले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार