गोरखा । गोरखामा आफ्नै श्रीमानको हत्य आरोपमा श्रीमती पक्राउ परेकी छिन् ।
गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्य आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।


माइलीले सोमबार राती नै घाँटी थिचेर श्रीमानको हत्य गरेको स्रोतको भनाई छ । सोमबार बेलुकीको खाना खाएर सुतेका आइतबहादुर मंगलबार बिहान ओछ्यानमै मृत भेटिए पछि प्रहरीले अनुसन्धानका लागी माइलीलाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक बयानका क्रममा माइलीले आफ्नो चरित्रमाथी शंका गर्ने र रक्सी खाएर कुटपिट गर्ने गरेकाले श्रीमान्को हत्य गरेको स्वीकार गरेकी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आवश्यक प्रक्रिय पूरा गरी घटनाको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
