• बिहिबार, असोज ८ २०८३

मेस्सीले मेजविरुद्धको खेल गुमाउने


बुधबार, असोज ६ २०७८
1.1K
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् ।

मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् ।

३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए ।

पीएसजीले आगामी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिगमा खेल्दैछ । मेसीले उक्त खेल पनि गुमाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार