गोरखा । गोरखामा ढुङ्गा निकाल्ने क्रममा च्यापिएर एक पुरुषको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका— ८ को ढोडेनी पाखामा मैलुङ जाने गोरेटो बाटोको लागी आवश्यक ढुङ्गा निकाल्ने क्रममा माथीबाट अर्को ठुलो ढुङ्गा आएर लाग्दा स्थानीय बीरबहादुर परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

वडाको योजना अन्तरर्गत टोल बस्ती जाने बाटो निर्माणका लागी ढुङ्गा निकाल्ने क्रममा दिउँसो १२ बजे तिर परियारलाई माथीबाट खसेको ढुङ्गाले लागेको र उनको घटना स्थलमा नै मृत्यु भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
घटना स्थलमा प्रहरी टोली पुगेको र घटनाको विवरण संकलन गरी रहेको प्रहरीले जनाएको छ । मृतक परियारको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।
