पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६ सय २२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३ हजार ९ सय ९६ जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ८ सय ३० संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ।
यस्तै हाल २१ हजार ५ सय २४ सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा थप ४०२ कोरोना संक्रमित थपिएका छन्।