• बिहिबार, असोज ८ २०८३

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत


मंगलबार, असोज ५ २०७८
660
Shares


मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ पैसादेखि दुई सय ८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत भएको जनाएको छ । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार