क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदिय निर्वाचन जितेका छन ।
सांसदका रूपमा उनले आफ्नो सिट सुनिश्चित गरेका हुन ।
उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए।
अब लिबरल दलको सरकार बन्ने संचारमाध्यमहरुले बताएका छन ।