• बिहिबार, असोज ८ २०८३

२९ हजारमै पाइन्छ रियलमी–८ स्मार्टफोन, यस्ता छन विशेषता


मंगलबार, असोज ५ २०७८
1.1K
Shares

रियलमी नेपालले हालै बजारमा नयाँ स्मार्टफोन ‘रियलमी–८ लयाएको छ।

नेपाली बजारमा ६ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको रियलमी–८ को मूल्य २८ हजार ७ सय ९९ रुपैयाँ तोकिएको छ।

फोनको मोटाइ ७।९ एमएम छ भने यसको तौल जम्मा १७७ ग्राम छ। ६।४ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको यो फोनमा ६० हर्जको रिफ्रेस रेट छ। यसमा एक हजार निट्सको ब्राइटनेस छ र फिंगरप्रिन्ट स्क्यानर भने स्क्रिन मुनि छ।

रियलमी–८ को पछाडितिर चारवटा क्यामरा छ जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको बि एन्ड डब्लु सेन्सर छ। यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ। यसमा सुपर नाइटस्केप, एआई ब्युटी, पोट्रेट र एचडीआर मोड फिचर छ।

यो मोडलमा ६ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज छ। माइक्रोएसडी प्रयोग गरेर यसको स्टोरेज २५६ जिबीसम्म बढाउन सकिन्छ। यो फोनको खास विशेषता भनेको यसमा ५००० एमएएचको ब्याट्री छ। जुन ३० वाटको डार्ट चार्जसहित आएको छ। यसले फोन एक घन्टामै पूरा चार्ज हुने कम्पनीको दाबी छ।

यदि तपाईं ३० हजारभन्दा कम मूल्यमा राम्रो फिचर भएको फोन किन्ने सोच्दै हुनुहुन्छ भने रियलमी–८ स्मार्टफोन ठीक रोजाइ हुनसक्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार