• बिहिबार, असोज ८ २०८३

सुनको मूल्य बढ्यो


मंगलबार, असोज ५ २०७८
485
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार