नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ।
बैंकले पहिलोपटक लाभांश वितरण गर्न लागेको हो। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ जारी गरेपछिको नगद लाभांश दिन लागेको हो।
बैंकको १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बताइएको छ ।