स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी गर्दै अंक बाँडेको हो।
ग्रानडाका लागि डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै ग्रानडालाई सुरुवाती अग्रता दिलाएका थिए। बार्सिलोका एराउजोले ९० मिनेटमा पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई हारबाट बचाए।
बराबरीपछि ४ खेलबाट ८ अंक जोडेको बार्सिलोना सातौ स्थानमा उक्लेको छ।