• बिहिबार, असोज ८ २०८३

ईपीएल खेल्न २४ विदेशी खेलाडी आउने, कुन टिममा को को ?


सोमबार, असोज ४ २०७८
715
Shares

काठमाडौं । यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संचालन हुने ईपीएलको चौथो संस्करणमा २४ विदेशी खेलाडी आउने भएका छन ।

२०२० को मार्च अर्थात २०७६ साल चैतमै चौथो संस्करण आयोजना गर्ने भनिएपनि कोरोना महामारीले गर्दा इपीएल स्थगित भएको थियो ।

ईपीएलका ६ वटै फ्रेन्चाइज क्लबले ३ विदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्ने प्राबधान रहेको छ । ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले धेरै नै चर्चा पाएको छ । यस पटक पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी देखि बंगलादेशका ब्याट्सम्यान तमिल इक्वालसम्म ईपीएल खेल्न आउने भएका छन ।

अहिलेसम्म ६ टिमले गरी कूल २४ विदेशी खेलाडी अनुबन्धित छन् । ईपीएलमा प्रतिस्पर्धा गर्ने ६ वटै फ्रेन्चाइज सकेसम्म स्टार विदेशी खेलाडी राख्ने होडमा छन् । टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै ८ खेलाडी आईपीएल खेल्न आउँदैछन् । जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगादेखि अहिलेका स्टार असेला गुनारत्ने सम्म छन् ।


साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले श्रीलंकन उपुल थरंगा र धम्मिका प्रसादसंगै बंगलादेशका तमिम इक्वाल र मलेसियाका सर्भिन मुनिएन्डीलाई अनुबन्ध गरेको छ । पोखराले टेष्ट राष्ट्र वेष्ट इन्डिजबाट केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ । यसैगरी श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई पनि पोखराले अनुबन्ध गरेको छ ।

यसैगगरी एक पटकको विजेता विराटनगर वारियर्सले जिम्बाव्वेका अलराउण्डर सिकन्दरराजा, वेष्ट इन्डिजमा हेमराज चन्द्रपउल, क्यानडाका रेयानखान पठान र श्रीलंकाका दिल्सान मुनाविरालाई अनुबन्ध गरेको छ ।काठमाडौंलै शाहीद अफ्रिदी र गुर्बाजसंगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ ।

अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी

ललितपुर प्याट्रिओट्स

ओशादा पर्नान्डो – श्रीलंका

अजमतुल्लाह ओमारजाई – अफगानिस्तान

सन्दुन विराकोडी – श्रीलंका

मिक्यो दोर्जी – भुटान

भैरहवा ग्लाडिएटर्स

उपुल थरंगा – श्रीलंका

धम्मिका प्रसाद – श्रीलंका

तमिम इक्वाल – बंगलादेश

सर्विन मुनिएन्डी – मलेसिया

पोखरा राइनोज

रिचर्ड लेभी – दक्षिण अफ्रिका

असेला गुनारत्ने – श्रीलंका

केसरिक विलियम्स – वेष्ट इन्डिज

साहान अराससिगे – श्रीलंका

काठमाडौं किंग्स ११

शाहिद अफ्रिदी – पाकिस्तान

जनक प्रकाश – सिंगापुर

रहमानुल्लाह गुर्बाज – अफगानिस्तान

चितवन टाइगर्स

मोहम्मद साहाजाद – अफगानिस्तान

करिम जन्नत — अफगानिस्तान

डानिस अजिजत – पाकिस्तान

सेकुगे प्रसन्न – श्रीलंका

भिरनदिप सिंह – मलेसिया

विराटनगर वारियर्स

सिकन्दर राजा – जिम्बाव्वे

रेयानखान पठान – क्यानडा

चन्द्रपउल हेमराज – वेष्ट इन्डिज

दिल्सान मुनाविरा – श्रीलंका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार