• बिहिबार, असोज ८ २०८३

गोरखा केरौंजाका सात जनाका हत्यरालाई कैद मिनाहा


सोमबार, असोज ४ २०७८
800
Shares


गोरखा । संविधान दिवसको अवसरमा गोरखा केरौंजाका सात जना युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा गएका सात गोर्खाली युवाको सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेका अनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम पाँच जनाको कैद मिनाहा गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका (साविक नार गाविस)का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो ।

मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा सङ्कलन गर्ने गरेका थिए । सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा सङ्कलन गर्न पाउने व्यवस्था गरिएको छ । कारागारमा कैद भुक्तानका क्रममा उनीहरुको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार