• बिहिबार, असोज ८ २०८३

अफगानिस्तान पुगे डब्लुएचओका प्रमुख


सोमबार, असोज ४ २०७८
580
Shares


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन्।

सोमबार टेड्रोसले ट्विटरमार्फत् आफू अफगानिस्तान पुगेको जानकारी दिएका हुन्। उनी डब्ल्युएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग त्यहाँ पुगेका हुन्।

अफगानी जनताको स्वास्थ्यको सुरक्षा गर्नु डब्ल्युएचओको प्राथमिकतामा रहेको टेड्रोसले बताएका छन्।

‘म निर्देशक मन्धारीसँग अफगानिस्तानमा छु। अफगानी जनताको स्वास्थ्यको सुरक्षा गर्नु डब्ल्युएचओको प्राथमिकता हो,’ उनले ट्विटरमा लेखेका छन्।

उनीहरूले स्वास्थ्य पूर्वाधारको भ्रमण गर्नेछन्। डब्ल्युएचओ अफगानिस्तानका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेट्ने टेड्रोसले बताएका छन्।

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुल पुग्ने उनी पहिलो संयुक्त राष्ट्र संघका उच्च अधिकारी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार