• बिहिबार, असोज ८ २०८३

कर्णाली प्रदेश योजना आयोग सदस्यबाट योगेन्द्र शाहीले दिए राजीनामा


सोमबार, असोज ४ २०७८
920
Shares

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् ।

उनले आज सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन्।

योजना आयोगका सदस्य शाहीले नेपालमा विकास भएको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यावहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारीबाट राजीनामा दिएको बताए का छन ।

उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक महसुश गरेमा आफू नीति र योजना निर्माणका कार्यमा स्वयमसेवी रूपमा योगदान गर्न सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार