तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको हो।
नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको छ।
हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूँजी ४० करोड पूर्ण भैसकेको छ।
अब चाँडो भन्दा चाँडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।