काठमाडौं । सोमबार शेयर बजारमा करिब एक सय अंकको पहिरो गएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभावको असर शेयर बजारमा देखिएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय नजिक आइपुगेको छ । सोमबार साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।
कोरोना महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको थियो । अघिल्लो वर्ष यहीँ समयमा पनि कबिर २ सय अर्ब हाराहारीमा तरलता थियो । तर अहिले २० अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बै.कले जनाएको छ । तरलता अभाव भए पछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन् ।
सोमबार धेरै गुमाउनेमा जलविद्युत् कम्पनीहरु अगाडि देखिएका छन् । जलविद्यतु्मा पनि जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो । यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको शेयर मूल्य पनि ठूलो अंकले घटेको छ ।