• बिहिबार, असोज ८ २०८३

रूसको विश्वविद्यालयमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु


सोमबार, असोज ४ २०७८
830
Shares


एजेन्सी । रूसको एक विश्वविद्यालयमा सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।

गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको देखिन्छ। बन्दुकधारी विद्यार्थी घाइते भएका छन्। उनलाई प्रहरीले पक्राउ गरेका छन्।

मारिनेहरू को—को हुन् र बन्दुकधारीले किन गोली चलाएका हुन् भन्ने खुलिसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार