काठमाडौं । नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ।
आइतबार तोलामा ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य ८८ हजार ४५० कायम गरिएको छ।
चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलाको एक हजार १३५ रुपैयाँमा किचबेच भइरहेको छ।