• बिहिबार, असोज ८ २०८३

पोखरीमा भेटियो चार वर्षीय छोरासहित आमाको शव


सोमबार, असोज ४ २०७८
615
Shares


धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा— छोराको शव फेला परेको छ।

धनुषाधाम नगरपालिका— २ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का बनाई शवलाई पोस्टमाटमको लागि लागि जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा पठाउने तयारी गरिरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।

पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारिवारिक विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक भाटले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार