म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।
आइतबार राती भएको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले वेष्ट ह्यामलाई २–१ ले पराजित गरेको हो।
खेलको ३०औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै टोली वेष्ट ह्यामलाई १–० ले अग्रता दिलाएपनि त्यसको चार मिनेट पछि नै युनाइटेडका रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ८९ मिनेटमा जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को स्थितीमा ल्याए।
जितसँगै युनाइटेडले ५ खेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा छ। वेस्टह्याम भने ८ अंकमा आठौं स्थानमा छ।