काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६ सय ५६ र २ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय १३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् ।
जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १ हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३ सय ९० जना आईसीयू र एक सय १७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।