वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय आशिषकुमार साह र १२ वर्षीय प्रितम साह पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनीहरु शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।
मुर्ली पोखरी नजिकै उनीहरुको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो