मस्कोबाट मेक्सिको जान लागेका १८ जना नेपाली जर्मनीको फ्रयांकफोर्ट विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका छन्।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा भिसा र कागजात नक्कली भएको शंकाले उनीहरूलाई जर्मनीको सुरक्षा निकायले नियन्त्रण लिएको हो ।
बर्लिनस्थित नेपाली राजदूतावासले सुरक्षा निकायलाई सम्पर्क गर्दा १८ जना नेपाली विमानस्थल अध्यागमन विभागले नियन्त्रणमा रहेको र उनीहरूलाई नक्कली भिसा र कागजातका कारण नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको नेपाली राजदूतावास स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिएका नेपालीहरूको परिचय हालसम्म गोप्य राखिएको र यसबारेमा नेपाली राजदूतावासलाई पनि कुनै जानकारी दिइएको छैन।