• बिहिबार, असोज ८ २०८३

अमेरिकाका हावाङ्गले २ दिनमै सेयरबजारबाट २४ खर्ब गुमाए


आइतबार, असोज ३ २०७८
740
Shares

अमेरिकाका हावाङ्गले २ दिनमै सेयरबजारबाट २४ खर्ब गुमाएका छन ।

उनले ७ बर्ष लगाएर जम्मा गरेको २० बिलियन डलर अर्थात नेपाली रुपैयाँ झन्डै २४ खर्ब रुपैयाँ सेयरबजारबाट दुई दिनमै गुमाएपछि अहिले बिश्वभरका वित्तीय तथा पुंजीबजारमा कामगर्नेहरुका लागि उनि गतिला उदाहरण बनेका छन्।

सहि समयमा सहि निर्णय गर्न नसक्दा तथा राज्यको कानुनलाई बेवास्ता गरि जुवाडे शैलीमा लगानीको निर्णय लिएकै कारण उनले दुई दिनमै झन्डै २४ खर्ब गुमाएको शोधकर्ताको अध्ययनले देखाएको छ।

औशतमा ३० प्रतिशत भन्दा बढी प्रतिफल दिएका कम्पनीका सेयर मुल्य प्रत्येक दिन १०(१० प्रतिशतका दरले ओरालो लाग्न थालेपछि उनका खराब दिन सुरु भएको देखिन्छ। सेयर मुल्य घट्नु मात्र उनको बर्बादीको कारण भने होइन। उनले आफुले लिएको सेयरलाई स्वाप गर्ने अर्थात एक प्रकारको डेरीएभेटिभ जसले लगानीकर्तालाई सिधै वा प्रत्यक्ष अपनत्व बीना नाफा र नोक्सानीको लागि जोखिम दिने गर्दछ।

नाफा भएको पैसालाई व्यवस्थापन गर्नुको साट्टो पुन त्यहि पैसालाई लगानी गर्ने र त्यसलाई बैंकलाई पनि अध्याँरोमा राखेर स्वाप गर्ने उनको बानिले नै उनलाई बर्बाद बनाएको देखिन्छ।

उनले लगानी गरेका कम्पनीको सेयर मुल्य घट्न थालेपछि उनलाई स्वाप सुविधा दिएका बैंकहरुले सेयर बिक्रि गरेर पनि स्वाप मिलाउन दबाब दिएकाले उनले चाहेर पनि होल्ड गर्न सकेनन र अन्त्यतस् ठुलो नोक्सानी ब्यवहौर्नु पर्यो।

भारतका चर्चित सेयर खेलाडी हर्षत मेहताकै शैलीमा विल हावाङ्गको पतन भएको छ। विल हावाङ्ग जस्तै ठुला लगानीकर्ताले आफ्नो लगानीको केहि हिस्सा रियल स्टेट, होटल, बिजनेश कम्प्लेस, क्लब, स्पोर्ट्स टिम मा लगानी गर्छन तर विल हावाङ्गले भने लगानीबाट आएको प्रतिफललाई समेत स्वाप गरेर फेरी सेयरबजारमै लगानी गरे। जसले गर्दा आज विश्वकै धनिहरुको सुचिमा पर्नबाट उनि बन्चित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार