• बिहिबार, असोज ८ २०८३

सतीप्रथाको चिरफार गर्दै लेखक सुजित मैनालीले ल्याए ‘सती’


आइतबार, असोज ३ २०७८
980
Shares

नेपालको सती प्रथाबारे लेखिएको पुस्तक ‘सती’ बजारमा आएको छ।

सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे केलाएको लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक सती सार्वजनिक भएको हो।

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म पतिको मृत्यु भएपछि पत्नी सती जानुपर्ने कठोर चलन थियो। वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएसँगै यो चलन अन्त्य भएको थियो।

नेपाल र भारतको सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर पुस्तक तयार पारेको उनले बताए। यसमा आठवटा अध्यायहरु छन्।

यसै साता बजारमा उपलव्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार