काठमाडौं । संविधान दिवसका अवसरमा खेलाडी पनि सरकारबाट विभूषित हुने भएका छन् ।
सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।
यस्तै सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याएका अन्य व्यक्तित्वलाई पनि विभूषित गर्ने भएको छ ।
सरकारले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल, अपाङ्ग खेलाडीद्धय हिमाल अर्याल र केशव थापालाई जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।
यसैगरी सुकीर्ति पदकबाट कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सम्मानित गर्ने भएको छ ।