• बिहिबार, असोज ८ २०८३

बिग बोस–१५ का लागि सलमान खानलाई ३५० करोड भारु दिइने


आइतबार, असोज ३ २०७८
785
Shares


बलिउड सुपरस्टार सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ ।

सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस–१५ प्रशारण हुनेछ ।

नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुन सक्ने बताइएको छ ।

सलमान खानले नयाँ सिजनका लागि प्रतिस्पर्धीहरुको चयन गर्न मुश्किल भएको बताए । उनले शोको नयाँ सिजनको प्रोमो अभिनेत्री रेखाको आवाजबाट सुरु गरिने जानकारी दिए । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार