• बिहिबार, असोज ८ २०८३

गोपालको शब्द, किरण र मेलिनाको स्वरमा ‘एकै छिन’ सार्वजनिक (भिडियोसहित)


आइतबार, असोज ३ २०७८
795
Shares

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ। गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ।

गोदावरीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई श्याम तामाङ्गले छायांकन गरेका हुन्। भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार