गोरखा । दुबै खुट्टा नभएका बिदेशी आराेही रुस्तम नवियावले गोरखाकाे मनासलु हिमाल चढ्दै छन् । गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी आरोही नवियावले जोखिमपूर्ण हिमालमा मानिने मनास्लु हिमाल आरोहण गर्दैछन् ।
मनासुल हिमालकाे उचाई आठ हजार १८३ मिटर छ । उनले पर्यटन विभागबाट मनास्लु हिमाल आरोहण गर्ने अनुमती लिईसकेको बिभागले जनाएको छ । उनी अहिले आधार शिविर पुगिसकेका छन् । यो महिना भित्रै उनले मनास्लुको आरोहण गर्ने आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।