गोरखा । एकल महिला समूहको अध्यक्षमा मिना अधिकारी चयन भएकी छिन् । मानव अधिकारका लागि महिला, एकल महिला समूह गोरखाको चौथो अधिवेशनले अध्यक्षमा अधिकारीलाई चयन गरेकाे हाे ।
निवर्तमान समूहकी अध्यक्ष सरिता ढकालको अध्यक्षता र भगवती कुमालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
जसकाे उपाध्यक्षमा कल्पना पाेख्रेल, सचिवमा विरिता ढकाल, सहसचिव भवानी खड्का, काेषाध्यक्ष सरिता पुडासैनी चयन भएका छन् ।
त्यस्तै समूहको सदस्यहरुमा उमा खनाल, तारा न्यौपाने, सीता देवकोटा, भगवती कुमाल, सूर्य कुमारी कुँबर, सनिता थापा, फूलमाया गिरी, कमला शर्मा न्यौपाने र सरला बस्नेतलाई चयन गरेको छ । त्यस्तै सल्लाहकार संयोजकमा सरिता ढकाल र सदस्यहरुमा तुलसा मरहट्टा, गौरा कुँबर, ललिता अधिकारी र चण्डिका श्रेष्ठलाई चयन गरेको छ ।
सम्पन्न चौथो भेलाले जिल्लाभरका ११ वटै पालिकामा एकल महिला समूह गठन गर्ने र ९४ वटै वडामा पनि समूहको शाखा गठन गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिइन् ।