पालुङटार । गोरखाको पालुङटारमा बजाज माेटर साइकलकाे सोरुम खुलेकाे छ । पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित ठाँटीपाेखरी बजारमा द्रव्य ट्रेडर्सले साेरुम सञ्चालनमा ल्याएकाे हाे ।
सोरुमकाे शुक्रबार विश्वक्रर्मा पूजाकाे अवसर पारेर पालुङटार नगरपालिकाका मेयर ई दिपकबाबु कडेंलबाट उद्घाटन गरिएकाे सञ्चालक किरण गिरीले जानकारी दिए ।
द्रव्य ट्रेडर्सले अब पालुङटारबाटै बजाज कम्पनीका बिभिन्न माेडलका माेटरसाइकलहरु विक्रि गर्नुका साथै सर्भिसिङ्ग, मर्मत, पार्टस बिक्री गर्ने बताएकाे छ । ट्रेडर्सले गोरखा, तनहुँ, लमजुङ्ग लगायतका जिल्लाका बजाज माेटरसाइकल प्रयाेगकर्तालाई सेवा दिने उदेश्य राखेकाे सञ्चालक गिरीले बताए ।
अत्याधिक लाेकप्रिय रहेकाे बजाजकाे पल्सरका बिभिन्न सिसीका माेटरसाइकल खरिद गर्न र सर्भिसिङ्ग साथै पार्टसहरु खरिद गर्न अब अन्यत्र धाइरहनु पर्ने बाध्यता हटेकाे उनकाे भनाई छ ।
सोरुमकाे उद्घाटन गर्दै मेयर कडेंलले युवाहरु उद्यमशीलता तर्फ लाग्नु पर्ने र स्वदेशमै राेजगारीकाे अवसर सृजना गर्नुपर्नेमा जाेड दिए ।