• बिहिबार, असोज ८ २०८३

यार्सागुम्बा लुटपाटमा संलग्न चार जना पक्राउ


शुक्रबार, असोज १ २०७८
640
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । प्रहरीले यार्सागुम्ब लुटेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका–६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटिएको थियो ।

लुटपाटमा संलग्न आरोपमा मकवानपुर घर भएका ३० वर्षीय नवराज सुनुवार र २७ वर्षीय बुद्धराज सुनुवार, नुवाकोट घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यार्सागुम्बा लुटेको सुराक पाएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत बिहिबार पक्राउ गरिएको परिसर, काठमाडौंले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार