काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३ सय ८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३ हजार ७ सय २० जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ३ सय ५१ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ।यस्तै हाल २५ हजार ४ सय ९७ सक्रिय संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा थप ३ सय ९७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका २ सय ७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।