• बिहिबार, असोज ८ २०८३

टस हारेर नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने


शुक्रबार, असोज १ २०७८
1.6K
Shares


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग— २ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ ।

अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

खेल अपरान्ह ४ः१५ मा सुरु हुनेछ

अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले डेब्यु गर्दैछन् । उनलाई अर्का बलर सोमपाल कामीले डेब्यु क्याप लगाई दिए । गुल्शनको डेब्युसँगै बिक्रम सोब टिम बाहिर रहने छन् ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार