• सोमबार, भाद्र २२ २०८३

चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो


शुक्रबार, असोज १ २०७८
810
Shares

काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।

नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए।

जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार