फिल्म ‘प्रेमनाथ’ युट्युबमा रिलिज भएको छ । चलचित्र घरमा सार्वजनिक प्रदर्शन नै नभई फिल्म युट्युवमा आएको हो । फिल्मका सार्वजनिक प्रदर्शन अनिश्चित नभएपछि आफुले युट्युवमार्फत सार्वजनिक गरेको निर्देशक गणेश बेल्वासेले बताए ।
फिल्म पुरानो बनाएर त्यसै राख्नुभन्दा दर्शकले युट्युवमा भएपनि हेरून् भनेर बाहिर ल्याएको बेल्बासेको भनाई रहेको छ ।
पहिलो चरणको कोरोना महामारी अगाडि निर्माण भएको फिल्म सोही समय सार्वजनिक प्रदर्शनका लागि प्रचार प्रसारमा समेत जुटेको थियो । तर कोरोनाको कारण चलचित्र घर बन्द भएपछि फिल्म रिलिज हुन सकेन ।
‘प्रेमनाथ’ बेल्वासेले नै निर्माण गरेका हुन् । उनले यस अगाडि ‘उहिले बाजेको पालामा’ नामक फिल्म निर्माण गरेका थिए । ‘प्रेमनाथ’ की निर्मात्रीमा गुहेश्वर बेल्वासे हुन् ।
बेल्वासेकै नकारात्मक भूमिकामा अभिनय रहेको फिल्ममा कमल गाउँले, राज थापा, कृति गौतम, मीयुन जिरेल, मोनालिसा विष्ट, सुर वीर पण्डित, पूजा रिजाल, शेखरजंग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठलगायतको अभियन देख्न सकिन्छ ।
सन्तोष श्रेष्ठ, भुपू पाण्डे र एसडी योगीको संगीत रहेको फिल्मको गतिमा राजेशपायल राई, बेनुका राई, भुपु पाण्डे, सुरुची पन्थी, अञ्जली पटेल, एडी योगी र चित्रवीर जिसीले स्वर दिएका छन् ।