• बिहिबार, असोज ८ २०८३

धार्चेमा निर्माणाधिन बिकास हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने


शुक्रबार, असोज १ २०७८
550
Shares


गोरखा । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई चयन गरेको छ । हिजो (बिहिबार) नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने रु. १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार