• बिहिबार, असोज ८ २०८३

ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो


शुक्रबार, असोज १ २०७८
580
Shares


तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक शुक्रबार विहान साढे १२ बजे पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसरे दुर्घटना भएको थियो ।

ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार