• बिहिबार, असोज ८ २०८३

आज एकैदिन १४ सयले घट्यो सुनको मूल्य


शुक्रबार, असोज १ २०७८
590
Shares


काठमाडौं । आज असोज १ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा एकैदिन १४ सयरुपैयाँले घटेको छ। महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १ सय ७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार