• बिहिबार, साउन १४ २०८३

बिहीबार थप एक हजार ५११ मा कोरोना संक्रमण, १ हजार ६८९ संक्रमित निको भए


बिहिबार, भाद्र ३१ २०७८
575
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १ सय ७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३ हजार ९ सय ७१ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ६ सय ८९ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमित २५ हजार ७ सय ७२ छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार