• बिहिबार, असोज ८ २०८३

राजमार्गको नालीमा भेटियो मृत चितुवा


बिहिबार, भाद्र ३१ २०७८
745
Shares


तनहुँको म्याग्दे गाउँपालिका२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो ।

करिब १२ वर्ष उमेरको भाले चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । ‘चितुवा सडेको अवस्थामा सडकको नालीमा फेला परेको हो । गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेका थिए’, उनले भने ।

उनका अनुसार चितुवाको शरीरमा कुनै प्रकारको चोट देखिएको छैन । ‘नालीमा भएकाले पानीले पखालेर होला रगत पनि देखिँदैन ।

सडकमा गाडीसँग ठोक्किएर नालीमा खसेको पनि हुन सक्छ’, रानाभाटले भने । उक्त चितुवा कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए । तनहुँमा पछिल्ला वर्ष चितुवाको बिगबिगी बढ्दो छ । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार