काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य उक्त दरले घटेर आज ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।